सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा - Chaitanya News
  • 2026-06-02
  • 09:00:55
  • मंगलबार,जेठ १९, २०८३
  • सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा

    सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा

    कर्जा खबर, काठमाडौं ।

    मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/ ७९ मा ऋणी स्वयम स्वरोजगार हुने गरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।