स्रोत गोप्य राख्ने शर्तमा सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल - Chaitanya News
  • 2026-11-19
  • 01:33:58
  • बुधबार,मंसिर ०३, २०८३
  • स्रोत गोप्य राख्ने शर्तमा सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल

    स्रोत गोप्य राख्ने शर्तमा सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल

    काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ।

    सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना https://cib.nepalpolice.gov.np/ अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो ।

    यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सीआईबीले जनाएको छ। आमनागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ।

    एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सूक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।