किन लाग्छ दिउसो निन्द्रा? हेर्नुहोस् कारणहरु - Chaitanya News
  • 2026-05-03
  • 15:52:53
  • आइतबार,बैशाख २०, २०८३
  • किन लाग्छ दिउसो निन्द्रा? हेर्नुहोस् कारणहरु

    किन लाग्छ दिउसो निन्द्रा? हेर्नुहोस् कारणहरु

    काठमाडौं– रातमा मात्र नभएर दिउसो पनि आराम गर्नु र १०–१५ मिनेट निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ। तर हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भए पनि दिउसो एक पटक निन्द्रा लागेर आउंछ, र दिउसो धेरै सुत्नु हुन्छ भने यस्ता छन दिउसो धेरै निद्रा लाग्ने कारणहरु

    मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ। दिउसो केहीबेर सुत्नु नराम्रो होइन। तर यदि दिउसो निकै धेरै निन्द्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा कारण हो। त्यसैले दिउसो धेरै निन्द्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन्।

    यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निन्द्रा नपरेकोले हुनसक्छ वा निन्द्रा बिथोलिएकाले पनि हुनसक्छ। अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निन्द्रा आउने तथा आलस्य जाग्ने हुन्छ।

    दिउसो बढि निन्द्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ। केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन्। खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन्।

    दिउसो पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निन्द्रा आउन सक्छ। यसले जोर्नी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ। तपाइँलाई दिउसो निकै निन्द्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन।

    सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निन्द्रा लाग्ने समस्या हट्छ। तर दिउसोमा निकै धेरै अल्छी लाग्छ र माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस्। यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो। त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ।