कोलेस्ट्रोलको मात्रा बढ्दा स्वास्थ्यमा नकरात्मक असर पर्छ। कोलेस्ट्रोल बढ्दा सबै भन्दा बढी मुलुमा असर गर्छ। रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु भएको सामान्य रुपमा हुने रक्त प्रभावहमा अवरोध पुर्याउनु हो। यसले सिधैँ मुटुमा असर गर्छ। यसका साथै मष्तिस्कमा आवश्यक पर्ने अक्सिजन र रक्त प्रवाहमा पनि कमी हुन्छ। त्यसैले स्वास्थ्यकर्मीहरूले खानपानमा विशेष ध्यान दिन सुझाव दिइरहेका हुन्छन्।
कोलेस्ट्रोल स्वास्थ्यका लागि सधैँ घातक हुँदैन। यो एक प्रकारको बोसो हो। शरीरलाई राम्रोसँग काम गर्न यो आवश्यक हुन्छ। तर, केही परिस्थितिका कारण अधिक हुन्छ।
शरीरमा कोलेस्ट्रोल बढ्दा सबै भन्दा बढी मुटुमा असर गर्छ। यसले हार्ट अट्याकको जोखिम पनि निम्त्याउँछ। उच्च कोलेस्ट्रोलका कारण रक्त बाहिनी नदीमा बोसो जम्मा हुन थाल्छ। यो बढ्दा धमनीमा रक्त प्रवाहमा अवरोध हुन्छ। रगत राम्रोसँग सञ्चालन हुन सकेन भने हार्ट अट्याकको जोखिम हुने हो।
उच्च कोलेस्ट्रोल हुँदा स्वास्थ्यमा विभिन्न लक्षण देखिन्छन्। त्यसमा ध्यान दिनुपर्छ। समयमै हामीले स्वास्थ्य जाँच गरेर समाधानको उपचार खोज्दा ठूलो जोखिमबाट बच्न सकिन्छ।
उच्च कोलेस्ट्रोल हुँदा खुट्टाका पैतला सुन्निने समस्या हुन्छ। यसले धम्नी र अन्य रक्त बाहिनी नलिमा बोसो जम्न सुरु भएको संकेत गर्छन्। अक्सिजन युक्त रगत खुट्टा र अन्य शरीरका अंगमा जान अवरोध भइरहेको छ भन्ने संकेत नै खुट्टा सुन्निनु हो। यसो हुँदा खुट्टा झमझम दुखे जस्ता हुन्छन्। त्यसैले खुट्टामा यस्तो समस्या देखिँदा बेवास्ता गर्नु हुँदैन।
कोलेस्ट्रोलको समस्याको लक्षण आँखामा पनि देखिने गर्छ। स्वास्थ्य विशेषाज्ञका अनुसार कोलेस्ट्रोल बढ्ने अवस्थामा जैन्थिलास्मा नामक समस्याको कारण बन्छ। यस्तो हुँदा आँखामा जम्मा हुन्छ। त्यो पहेँलो रंगको लेपका रुपमा देखिन्छ। यदि आँखाको परेलीमा त्यस्तो पहेँलो रेखा देखिएमा कोलेस्ट्रोल बढेको हो कि भनेर ख्याल गर्नुपर्छ।
खुट्टा र आँखाका साथै उच्च कोलेस्ट्रोलका लक्षण जिब्रोमा पनि देखिन्छन्। जिब्रोमा ससाना फोका आउनु पनि कोलेस्ट्रोलको लक्षण हो। त्यसैले जिब्रोमा फोका आउँदा बेवास्ता गर्नु हुँदैन।