आज कुन तरकारीको मूल्य कति? - Chaitanya News
  • 2026-11-19
  • 04:07:06
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं- काठमाडौँको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

    जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० तथा भारतीयको ११० रुपैयाँ कायम गरिएको छ।

    यस्तै आलु रातोको ५२, मुला रातोको ७०, लोकल बन्दाको ५५, मकै बोडीको १००, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ।