अनुमतिबिना ड्रोन उडाए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी - Chaitanya News
  • 2026-04-24
  • 21:47:09
  • शुक्रबार,बैशाख ११, २०८३
  • अनुमतिबिना ड्रोन उडाए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

    अनुमतिबिना ड्रोन उडाए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं– गृह मन्त्रालयले अनुमतिबिना मानवरहित हवाई उपकरण (रिमोट्ली पाइलटेड एअरक्राफ्ट–ड्रोन) उडाए कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ।

    विभिन्न व्यक्तिरनिकायले अनुमित नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएको भन्दै अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

    ‘मानवरहित हवाई उपकरण (ड्रोन) उडानसम्बन्धी कार्यविधि, २०७५’ ले गरेको सोही व्यवस्था बमोजिम अनुमति लिएर उडाउन गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो।