धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो गौरा पर्व - Chaitanya News
  • 2026-05-24
  • 23:53:32
  • आइतबार,जेठ १०, २०८३
  • धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो गौरा पर्व

    धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो गौरा पर्व

    धनगढी– सुदुरपश्चिमको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले गौरा पर्व मनाएको छ । भाद्र शुक्ल पञ्चमीको दिन विरुडा पञ्चमीबाट सुरु भएको गौरा आज अष्टमीको दिन गौरा महेश्वरको पूजा गरेर मनाइने कार्यक्रम राखिएको थियो ।

    पाठशालाले आयोजना गरेको गौरा पर्व तथा डेउडा खेल, २०८० मा विद्यार्थी, अभिभावक र संस्कृति प्रेमीहरूको समेत सहभागिता रहेको थियो ।

    कार्यक्रममा विद्यालयका निर्देशक हरि जोशी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका र संस्कृति प्रेमी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

    पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उदेश्य राखेकाले यो वर्षबाट गौरा पर्व मनाउन थालिएको विद्यालयका सह–प्रधानाध्यापक कटकबहादुर सिंहले बताए ।

    उनले भने ‘विद्यालयमा विद्यार्थीहरूलाई मौलिक चाडपर्व बारे जानकारी गराउन गौरा पर्व मनाउन थालेका हौँ । देउडा र गौराको मैलिकतालाई जीवन्त राख्न र संस्कृतिलाई संरक्षण गर्न विद्यालयले गौरा मनाउन थालेको हो ।

    सुदूरपश्चिमको मौलिक र सांस्कृतिक पर्व गौरा मनाउन र देउडा खेल्न विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए ।

    त्यसैगरी, विद्यार्थी लगायतको सहभागितामा गौरा पूजन तथा देउडा खेलको आयोजना गरिएको थियो । वरिष्ठ देउडा कलाकार तथा देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी, गायक नरेश जोशी, बसन्ती गिरीले देउडामा सहभागी भएकाहरूलाई झुमाउनु भयो । कार्यक्रममा चैतन्य पाठशालाका प्रधानाध्यापक श्री अशोक राज खाती, कार्यकारी निर्देशक हरिप्रसाद जोशी, संस्थापक प्रिन्सिपल, सञ्चालक सदस्य ,उदयप्रताप सिंहको उपस्थिति थियो । उक्त कार्यक्रममा केएमसि सिंगिङ स्टार विवेक बीसी र गायक ऋषन्त ओझाले पनि आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

    चैतन्य पाठशालाको प्राङ्गणमा भएको भव्य कार्यक्रमलाई विवेक जोशीले सञ्चालन गर्नुभएको थियो ।