नेकपा एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन्छ : सचिव भट्टराई - Chaitanya News
  • 2026-11-19
  • 01:07:48
  • बुधबार,मंसिर ०३, २०८३
  • नेकपा एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन्छ : सचिव भट्टराई

    नेकपा एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन्छ : सचिव भट्टराई

    काठमाडौं– नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने बताएका छन्।

    आज (बुधबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ। हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो। अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो। संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु।’

    सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोडमा दिए।

    एमाले सचिव भट्टराईले काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ सङ्ख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।