चैतन्य राशिफलः आज व्यापार र शिक्षामा कुन राशिको प्रगति ? - Chaitanya News
  • 2026-11-19
  • 03:58:48
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः आज व्यापार र शिक्षामा कुन राशिको प्रगति ?

    चैतन्य राशिफलः आज व्यापार र शिक्षामा कुन राशिको प्रगति ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन तपाईँको बुद्धि तथा विवेकमा वृद्धि होला, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, आजको दिन कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    राज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ । कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन प्रेम बढ्ने दिन रहेकोे छ, परिवार तथा प्रेमिकासँग कुनै रमाइलो स्थानको यात्रा होला, तर पनि आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन तपाईंलाई सानो भए पनि कुनै न कुनै चोटपटकको भय छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, सोचेको बिपरित काम बन्नाले मन खिन्न होला ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला । तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन तपाईंको पराक्रम देखेर सबै छक्क पर्नेछन् । अधुरा कामहरू सप्पन्न होलान् , दाजुभाइको सहयोग प्राप्त हुनेछ । कुनै नयाँ कार्य वा कार्य गर्ने विचार आउला ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन तपाईंलाई चारैतिरबाट लाभहोला, काम गर्ने जोस र जागरमा वृद्धि होला, कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्नेछ , दिनभर मन हर्षित रहला ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    धन सम्पत्ति तथा मान,सम्मानमा वृद्धि होला ,वैदेशिक रोजगारका अवसरहरु पनिक आउलान कुनै पार्टी तथा वैवाहिक कार्यमा सहभागी हुन पाइएला ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन अनेक प्रकारका लाभ प्राप्त होला, भाग्यमा वृद्धि हुने समय आएको छ । आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आजको दिन तपाईंलाई दीर्घ रोगले सताउन सक्छ,अप्रिय समाचारले मन खिन्न होला, घमण्ड बढ्नाले शत्रुहरु बढ्लान, बुद्धि तथा विवेकले काम लिनुहोला सबै समस्या ठिक हुन्छन् ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आजको दिन तपाईंलाई श्वासप्रश्वासको समस्या आउनसक्छ, चिसोबाट जोगिनुहोला, पुलिस तथा सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ । होशियार रहनुहोला ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आजको दिन तपाईंलाई जग्गा जमीन तथा साधन बाहनमा वृद्धि होला,मनले सोचेको स्थानको यात्रा तथा व्यक्तिसँग भेट होला, तर पनि मध्याह्नतिर भने छातीको समस्या आउनसक्छ ।