एमाले र राप्रपाका सांसदहरूले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार - Chaitanya News
  • 2026-11-19
  • 01:07:49
  • बुधबार,मंसिर ०३, २०८३
  • एमाले र राप्रपाका सांसदहरूले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार

    एमाले र राप्रपाका सांसदहरूले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार

    काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरूले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन्।

    आज (बुधबार) बसेको बैठक सुरु हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन्।

    मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन्। आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य काँग्रेसका इसराइल मन्सुरीले गरेका छन्।