टी–२० आई सीरीज: नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित - Chaitanya News
  • 2026-06-08
  • 01:00:15
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० आई सीरीज: नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

    टी–२० आई सीरीज: नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

    काठमाडौं– टी–२० आई सीरीजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ।

    नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र जोड्न सफल भयो।

    कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेट लिईन् भने खुसी डंगोलले दुई विकेट लिइन्।

    राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु खेलमा नै विकेट लिएकी हुन्।

    नेपालका लागि कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले समान एक विकेट लिए।

    कुवेतका लागि जिफा जिलानीले ११ तथा खादिजा खलीले १० रनको योगदान दिए।

    त्यसअघि, बायोमास ओभलमा पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनाएको थियो।

    नेपालका लागि इन्दु वर्माले २३ रनको योगदान दिइन् भने बिन्दु रावलले २० तथा काजल श्रेष्ठले १९ रन जोडिन्।

    नेपालले लगातार दोस्रो खेल जितेपछि ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। अंक तालिकामा हङकङ दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छ भने कुवेत अंकविहीन छ।

    नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्ने छ। समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्ने छन्।