धादिङ बस दुर्घटना अपडेट: मृतक आठमध्ये तीनजनाको परिचय खुल्यो - Chaitanya News
  • 2026-11-19
  • 01:08:04
  • बुधबार,मंसिर ०३, २०८३
  • धादिङ बस दुर्घटना अपडेट: मृतक आठमध्ये तीनजनाको परिचय खुल्यो

    धादिङ बस दुर्घटना अपडेट: मृतक आठमध्ये तीनजनाको परिचय खुल्यो

    काठमाडौं – धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुने आठमध्ये तीनजनाको परिचय खुलेको छ।

    दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए।

    दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जैसवालले जानकारी दिए ।