सुन तस्करीको अध्ययनका लागि अर्को महिना जाँचबुझ आयोग गठन गर्ने सहमति - Chaitanya News
  • 2026-11-19
  • 01:07:55
  • बुधबार,मंसिर ०३, २०८३
  • सुन तस्करीको अध्ययनका लागि अर्को महिना जाँचबुझ आयोग गठन गर्ने सहमति

    सुन तस्करीको अध्ययनका लागि अर्को महिना जाँचबुझ आयोग गठन गर्ने सहमति

    काठमाडौं– संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ।

    २ साउनमा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि आयोग बन्नेछ। बुधबार सिंहदरबारमा दलहरुबीच भएको सहमतिमा अर्को महिना असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने उल्लेख छ।