काठमाडौं– धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ, भने आठ जना घाइते भएका छन्।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।
मृतकमध्ये २ जना महिला र ६ जना पुरुष छन्। घाइते ८ जनाको उद्धार भएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन नभएको एसपी मिश्रले बताए। १६ जना मात्र भेटिएका छन् ।
घटनाबारे विस्तृत विवरण आउँदै छ।