आज काठमाडौँमा पानी रहला ? के भन्छन् मौषमविद् ? - Chaitanya News
  • 2026-11-19
  • 00:59:58
  • बुधबार,मंसिर ०३, २०८३
  • आज काठमाडौँमा पानी रहला ? के भन्छन् मौषमविद् ?

    आज काठमाडौँमा पानी रहला ? के भन्छन् मौषमविद् ?

     

    काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाले दैनिक जीवनयापनमा असर गरिरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।

    मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश स्थानहरूमा आज बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज दिनभरजसो रहने उनले बताए । ‘पानी रहिहाल्ने अवस्था देखिँदैन, एकछिन रोकिने र फेरि पर्ने क्रम दिनभर रहिरहन्छ,’ उनले भने । उपत्यकामा राति पनि वर्षाको सम्भावना छ ।

    दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । राति तुलनात्मक रूपमा बढी पानी पर्ने मौसम पूर्वानुमान् महाशाखाको प्रक्षेपण छ ।
    राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।