कांग्रेस नेता गुरूराज घिमिरेलाइ डेंगी भएर अस्पताल भर्ना - Chaitanya News
  • 2026-09-20
  • 09:03:44
  • आइतबार,आश्विन ०४, २०८३
  • कांग्रेस नेता गुरूराज घिमिरेलाइ डेंगी भएर अस्पताल भर्ना

    कांग्रेस नेता गुरूराज घिमिरेलाइ डेंगी भएर अस्पताल भर्ना

    काठमाडौं– नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेलाई डेंगी भएको छ।

    ज्वरो आएपछि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा भर्ना गरिएको हो।

    कांग्रेस नेता घिमिरेको स्वास्थ्य अवस्था बुझ्न सोमबार नेता शेखर कोइराला अस्पताल पुगेका थिए। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार घिमिरेलाई डेंगी भएको छ।

    घिमिरे मंसिर ४ को चुनावका लागि मोरङ क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार छन्।