काठमाडौं– समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको आज सैफईमा अन्तिम संस्कार गरिने भएको छ।
मुलायम सिंह यादव केही दिनदेखि गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत थिए। उनको सोमबार बिहान ८ १६ बजे निधन भएको हो। मंगलबार दिउँसो ३ बजे सैफईमा उनको अन्तिम संस्कार गरिने समाजवादी पार्टीको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ।
समाजवादी पार्टीले ट्वीट गर्दै मुलायम सिंह यादवको अन्तिम दर्शनका लागि उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे सैफई मेला मैदानको पण्डालमा राखिने जनाएको छ। यसपछि दिउँसो ३ बजे उनको अन्त्येष्टि गरिने छ।