प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु - Chaitanya News
  • 2026-05-03
  • 15:52:26
  • आइतबार,बैशाख २०, २०८३
  • प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

    प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

    धनुषा– प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु भएको छ।

    लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा. निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको निर्देशक डा रामनरेश पण्डितले बताए। ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ।

    अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे। मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए।

    मधेस प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवाप्रति प्रश्न उठ्ने गरे पनि नयाँ नयाँ रोगको उपचारका लागि आएका मेसिन सञ्चालनमा ल्याइएपछि स्थानीयबासी खुसी भएका छन्।