चैतन्य राशिफलः कुन राशिलाई धनलाभ, कुन राशिको स्वास्थ्यमा समस्या ? - Chaitanya News
  • 2026-11-19
  • 03:53:38
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कुन राशिलाई धनलाभ, कुन राशिको स्वास्थ्यमा समस्या ?

    चैतन्य राशिफलः कुन राशिलाई धनलाभ, कुन राशिको स्वास्थ्यमा समस्या ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिएला । साँझदेखि स्थितिमा सुधार आउनेछ । बौद्धिक कलाको प्रभाव बढ्नेछ ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सानो प्रयत्नले फाइदा उठाउन सकिनेछ ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    वादविवादमा अघि नसर्नुहोला । व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।सरसापट तथा कामविशेषले रकम बाहिरिन सक्छ । परिस्थितिजन्य समस्याले दुःख पाइनेछ ।