काठमाडौं– काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन्।
सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएको महानगरपालीकाले जानकारी दिएको छ। सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ।
महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी ४२ महिना चलाएपछि ढकालको सरूवा भएको हो। अधिकारी र काफ्लेको भने ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो।