डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो, १२ जनाको मृत्यु - Chaitanya News
  • 2026-07-16
  • 17:37:43
  • बिहिबार,आषाढ ३२, २०८३
  • डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो, १२ जनाको मृत्यु

    डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो, १२ जनाको मृत्यु

    काठमाडौं– नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार पुगेको छ भने १२ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ।

    डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन्। कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन्।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन्।

    पछिल्लो साता वाग्मती उपत्यकाका तीन जिल्लासहित धादिङमा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ। धादिङमा डेंगी संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ।