‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-18
  • 23:42:59
  • बुधबार,मंसिर ०३, २०८३
  • ‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    ‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी आफैँ रूपान्तरणको बाटो आफूहरू अघि बढेको बताएका छन्।

    आज (बिहिबार) २० औँ दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरू राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको बताए।

    उनले भने, ‘जुनसुकै पार्टी वा पक्ष भए पनि परिवर्तनको प्रक्रियामा ज्यान गुमाउनेहरूप्रति सम्मान गर्नै पर्दछ। हिजो बन्दुक बोकेर परिवर्तनका लागि लड्यौँ। हामीले लडाइँ जारी छ भन्यौँ तर हामी कहीँ न कहीँ अल्मलियौं। अहिले फेरि हामीले त्यस दिशाको बाटो पहिल्याएका छौँ।

    जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको बताए।

    उनले भने, ‘यही वा अन्य कारणले गठबन्धन भित्र कुनै समस्या छैन। हामी एक ढिक्काछौं। पार्टीले शुरु गरेको समाजवादको लडाई र सरकारले सुरु गरेको सुशासनको लडाइँ एक आपसमा सम्बन्धित छन्।’

    अब पार्टी सबै नेताहरू जनताको घरमा पुग्ने बताए। जनताको हितमा काम गर्नु बाहेक अर्को कुनै विकल्प नभएको बताए।

    उनले भने, ‘अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ। देश भित्रका केही ठूला योजनाहरू कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छौँ।’