सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 23:37:56
  • बुधबार,मंसिर ०३, २०८३
  • सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

    सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ -सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् ।

    उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।