काठमाडौं- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताएका छन् ।
बुधवार काठमाण्डौमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताए ।
जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्नसक्ने क्षमता आफू भित्रबाट विकास गर्नु उद्यमशीलता भएको उनको भनाइ छ ।
पूर्वअर्थमन्त्री खतिवडाले परम्परागतरूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको उल्लेख गरे ।
खतिवडाले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेकोमा जोड दिए । उनले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको ुइनोभेशनु अरूभन्दा फरक बन्न सक्नुपर्ने बताए ।