कागती पानी नियमित पिउँदा हुने १० फाइदा - Chaitanya News
  • 2026-05-03
  • 14:46:51
  • आइतबार,बैशाख २०, २०८३
  • कागती पानी नियमित पिउँदा हुने १० फाइदा

    कागती पानी नियमित पिउँदा हुने १० फाइदा

    कागती भिटामिन सी को एक राम्रो स्रोत हो। कागतीको नियमित सेवनले स्वास्थ्य लाभ प्रदान गर्दछ। कागतीको १० वटा फाइदा जान्नुहोस् जुन तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ :

    -कागती पानीको नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ ।

    -कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

    -कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

    -तपाईंको सुन्दरता बढाउन कागती पानी धेरै नै प्रभावकारी हुन्छ। यसले छालालाई फाइदा पुर्‍याउँछ। यसलाई नियमित रूपमा पिउँदा अनुहारमा चमक आउँदछ।

    -मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

    – कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँदछ ।

    -कागती पानीले पाचन क्रियालाइ पनि मजबुत वनाउन सहयोग गर्दछ ।

    -कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो–आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ । कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

    -कागती स्वादमा अमिलो भएपनि यसको अमीलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

    -हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।