वर्षायाममा के खाने, कसरी खाने? - Chaitanya News
  • 2026-05-03
  • 14:45:45
  • आइतबार,बैशाख २०, २०८३
  • वर्षायाममा के खाने, कसरी खाने?

    वर्षायाममा के खाने, कसरी खाने?

    वर्षायाम भन्ने बित्तिकै धेरै कुराहरु जोडिएर आउँछन्। चर्को घाम, चिटचिट पसिना, डिहाइड्रेसन, उकुसमुकुस, अल्छिपना, आलस्यता तथा शरीरमा हुने उर्जाका कमी।

    यी सबै गर्मीका लक्षणहरु हुन्, जसलाई हामीले अहिले भोगिरहेका छौं। तर, केही उपायहरु अपनायो भने हामी गर्मीमा पनि फुर्तिलो रहन सक्छौं। खानपिनमा थोरै ध्यान दिन सकियो भने हामीले आफूमा भएको आलस्यतालाई हटाउन सक्छौं, अल्छिपनालाई भगाउन सक्छौं।

    – वर्षायाममा सकेसम्म ताजा खाना खानुपर्छ। गर्मीमा भरखरै पकाएको भोजनमात्रै खानुपर्छ। वर्षायाम मौसममा गोलभेंडा, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने सम्भावना हुन्छ।

    – यो मौसममा सजिलै पच्ने खानेकुरा मात्र खानु पर्छ। गरिष्ट भोजनबाट सकेसम्म बच्नु पर्छ।

    – बिहान उठेपछि एक-डेढ घन्टाभित्रै केही न केही खानुपर्छ। उठ्ने बित्तिकै ग्रीन टि लिनु उपयुक्त हुन्छ। लामो समयसमम खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन्छ।

    – त्यसैले छोटो समयको अन्तरालमा खाने कुरा खाएमा एकैपटक धेरै खाने बानीबाट छुटकारा पाउन सकिन्छ। त्यसैले बिहान उठेपछि मन तातो पानीमा कागतीको रस र मह मिसाएर खानु अझ उपयुक्त मानिन्छ।

    – गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ। कफीनले शरीरमा डिहाइट्रेशन बढाउँछ। त्यसको साटो जुस, दही, लस्सी, सातु, कागती-पानी, वेलको सर्वत, नरिवल पानी, उखुको रस, खर्बुजा आदि कुरामा जोड दिनु पर्छ।

    – वर्षायाम मौसममा तपाईंको घरमा ग्लुकोज, इलेक्ट्रोवियन, जीवनजल, पुदिना आदि भैरहनु पर्छ।

    – गर्मीमा घामबाट फर्किने बित्तिकै फ्रिजको पानी पिउनु हुँदैन। यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ।

    – मिठाई खान मन लाग्यो भने स्याउ, अमला, बेल, पेठा खानु राम्रो हुन्छ।

    – अत्याधिक चिसो पेय पदार्थबाट आफूलाई टाढा राख्नु पर्छ।

    – खानामा हल्का साग-सब्जी छनोट गर्नु पर्छ। गाजर, गोलभेंडा, पालक बाहेक पानीको मात्रा बढि भएका तरकारीहरु जस्तै लौका, काँक्रो आदि राम्रो मानिन्छ। यी सब्जीमा क्यालोरी कम हुनुका साथै गर्मीसंग लड्न क्षमता पनि हुन्छ।

    – गर्मीमा हिट स्ट्रोक तथा डिहाइड्रेशनबाट बच्नका लागि बिहान सबेरै तथा साँझपख हिँडनु पर्छ। बिहान ५-६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५-२० मिनेटको हिंडाई पनि राम्रो हुन्छ।

    – वर्षायाम मौसममा हरेक दिन कम से कम तीन लिटर पानी पिउनुपर्छ। व्यायाम अथवा फिजिकल एक्सरसाइज गर्नु भन्दा पहिले र गरिसकेपछि पनि पानी अथवा तरल पदार्थ सेवन गर्नुपर्छ।

    – खानपिनमा सुप तथा फलफूलको मात्रा बढाउनु पर्छ।

    – मसलदार खाना कम खानुपर्छ।

    – एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन।

    – डब्बामा भएको जुस सेवन गर्नु हुँदैन। त्यसको साटो ताजा फलफूलको जुसलाई सेवन गर्नु पर्छ।