काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमोद ढुङ्गेलले प्रशासनलाई बताए।
प्रवक्ता ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा ड्राइभर टोल ब्रान्च बुटवलमा कार्यरत मनीषा मास्के, मनीग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालीका ब्रान्चमा कार्यरत कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खीमानन्द गौतम र सिटीजन बैंकमा कार्यरत दिपक विष्ट रहेका छन्।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।