कोशीका मुख्य न्यायाधिवक्ता कटुवालले लिए शपथ - Chaitanya News
  • 2026-11-19
  • 02:59:04
  • बुधबार,मंसिर ०३, २०८३
  • कोशीका मुख्य न्यायाधिवक्ता कटुवालले लिए शपथ

    कोशीका मुख्य न्यायाधिवक्ता कटुवालले लिए शपथ

    मोरङ- कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

    मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

    पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए।