काठमाडौँ– चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको छ। उनिहरुले चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै आज माइतिघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको हो।
डा. गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरू बन्द भएको भन्दै आइतबार माइतीघरमा भेला भइ नर्सिङ कलेज सञ्चालकहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले र्याली निकालेका हुन्।
आज नर्सिङ कलेज सञ्चालकहरूले सबै शिक्षण संस्था बन्द गरेका छन्।
समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरी कलेजहरू बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन्।