आज सुनको मूल्य स्थिर, चाँदी घट्यो - Chaitanya News
  • 2026-05-26
  • 12:58:20
  • मंगलबार,जेठ १२, २०८३
  • आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

    आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

    काठमाडौं– आज आइतबार सुनको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँमा कारोवार भएको सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।

    यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भइरहेको छ।