काठमाडौं– दाँतमा किरा लाग्नु पनि एक सामान्य समस्या हो। दाँत दुख्यो भने खाना खान त परै जाओस्, पानी पिउन पनि मुस्किल हुन्छ। त्यसैले दाँतको विशेष ख्याल राख्नुपर्छ। तर यो सामान्य समस्याले धेरै नै दुःख दिइरहेको हुन्छ। विशेष गरी बालबालिकालाई। दाँतमा किरा लाग्नुको मुख्य कारण भनेको बिस्कुट –टफी र अन्य गुलियो खानेकुराको अत्यधिक सेवन हो। किराले दाँतलाई खोक्रो बनाइदिन्छ त्यसैले समय अगावै भाँच्चिन थाल्छ। तपाईंको पनि समस्या यस्तै छ भने यहाँ केही यस्ता उपाय दिइएका छन् जसले तपाईंलाई सहयोग गर्न सक्छ।
फिट्किरी:
दाँतकोका लागि फिट्किरी पाउडरलाई सिरे नुन मिसाउनुहोस्। त्यसपछि ब्रसको मद्दतले यो सम्मिश्रणलाई दाँतमा लगाउनुहोस्। दैनिक जसो यसो गर्नुभयो भने दाँतको दुखाई छिट्टै कम हुनेछ।
तोरीको तेल:
दाँतमा किरा लागेको छ भने तोरीको तेलमा बेसार र नुन मिसाउनुहोस्। त्यसपछि यसलाई ब्रसको मद्दतले दाँतमा हल्का हातले रगड्नुहोस्। नियमित रूपमा दिनमा दुई पटक यसो गर्दा दाँतमा लागेको किरा छिट्टै हट्छ।
हिङ पाउडर:
विशेष गरी यो दाँतका लागि फाइदाजनक छ। तपाईंले हिङको पाउडरलाई पानीमा हालेर उमाल्नुहोस्। त्यसपछि मनतातो भएपछि यो पानीले कुल्ला गर्नुहोस्। यस्तो गर्दा दाँतमा लागेको किराबाट छुटकारा पाउन सकिन्छ।
निम:
निमलाई नियमित चपाउँदा दाँत र गिजा बलिया हुन्छन्। नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ। निमको पातले प्लाक हटाउन मद्दत गर्छ। निमको बोक्रा वा पात केही मिनेट चपाउनुहोस् र सफा पानीले कुल्ला गर्नुहोस्।
ल्वाङको तेल:
दाँतको समस्याबाट राहत पाउन ल्वाङ निकै प्रभावकारी मानिन्छ। ल्वाङले क्याभिटीसँग लड्न सहयोग गर्छ। किरा लागेको दाँतमा ल्वाङको तेल लगाउनुहोस् र केही बेरका लागि यत्तिकै छोड्नुहोस्। नियमित यस्तो गर्दा किराबाट छुटकारा पाइनेछ र दाँत पनि स्वस्थ रहन्छ।