मुटु स्वस्थ राख्न के गर्ने? - Chaitanya News
  • 2026-05-03
  • 14:46:36
  • आइतबार,बैशाख २०, २०८३
  • मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन। बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थय भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन्।

    जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ। दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जो तपाईंको शरीरलाई आवश्यक हुन्छ।
    त्यस्ता काममा योगा, जीम, खेलकूद, नृत्य या घरको कामकाज पनि हुन सक्छन्। यस्ता काम गर्दा तपाईंले आफ्नो स्वास्थ्यका साथै मुटुलाई स्वस्थ राख्न सक्नुहुन्छ।

    आज हामी तपाईंलाई एकदमै सजिला कामबारे बताउँदै छौं जसबाट तपाईंले आफ्नो मुटु र शरीरलाई स्वस्थ राख्न सक्नुहुन्छ।

    भर्याङ (सिढी) चढ्नु

    तपाईंको घरमा होस् या कार्यालयमा भर्याङ (सिढी) त पक्कै पनि होला। यदि तपाईंले दिनमा १० मिनेट मात्रै लगातार सिढी चढ्ने र ओर्लने गर्नुभयो भने पनि धेरै लाभ लिन सकिन्छ।

    ताई ची

    गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ। ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका हो।

    नृत्यु (डान्स)

    मुटुलाई स्वस्थ राख्न नृत्य (डान्स) सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो। जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो। मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ।

    स्ट्रेचिंग व्यायाम

    स्ट्रेचिंग तपाईको व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ। धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ। तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ। तर स्ट्रेचिंग गर्दा तपाईंले धेरै सतर्क रहनु आवश्यक हुन्छ कि तपाईंको शरीरको कुनै भागमा दुखेको त छैन ? दुखेको छ भने स्ट्रेचिंग नगर्नु नै राम्रो हुन्छ।

    एरोबिक्स

    विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्पितमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ। जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन्।