महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुग्यो अष्ट्रेलिया - Chaitanya News
  • 2026-06-08
  • 01:02:12
  • आइतबार,जेठ २४, २०८३
  • महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुग्यो अष्ट्रेलिया

    महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुग्यो अष्ट्रेलिया

    काठमाडौं- फ्रान्सलाई पराजित गर्दै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ।

    ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले पराजित गर्दै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन्।

    निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई पराजित गरेको हो। खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए।