सशस्त्रका ३८७१ जवानको सहायक हवलदारमा बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-18
  • 22:58:25
  • बुधबार,मंसिर ०३, २०८३
  • सशस्त्रका ३८७१ जवानको सहायक हवलदारमा बढुवा (सूचीसहित)

    सशस्त्रका ३८७१ जवानको सहायक हवलदारमा बढुवा (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवलदारका लागि बढुवा सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवलदार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो।

    सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ। पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ। यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो।