आइएसको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु - Chaitanya News
  • 2026-11-18
  • 22:58:20
  • बुधबार,मंसिर ०३, २०८३
  • आइएसको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु

    आइएसको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु

    एजेन्सी– द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहका जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ।

    एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटनाबारे जानकारी गराएका हुन्।

    बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताएको छ।