काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रकोमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ।
नगर प्रहरीका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काएको हो।यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको जनाइएको छ।
केही समय अगाडि काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो। सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको हो।