काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सुमेरु सिटी अस्पतालमा कार्यरत एक जना चिकित्सक पक्राउ परेकी छिन्।
आज (शुक्रबार) बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार डा। पुनमलाई निवासबाटै पक्राउ गरिएको हो। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। यसअघि नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा कांग्रेस सांसद डा। सुनिल शर्मालाई सीआईबीको टोलीले बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो।