नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप २ चिकित्सक पक्राउ - Chaitanya News
  • 2026-07-16
  • 17:18:13
  • बिहिबार,आषाढ ३२, २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप २ चिकित्सक पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप २ चिकित्सक पक्राउ

    काठमाडौँ– नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइब)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो। नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्यूरोले अपरेसन थालेको छ। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो।