श्रीमद्भागवत गिता ज्ञान हो, जिवन दर्शन हो। यसलाई बुझेर पालना गरेर आगाडी जाउ जिवनमा अवश्य सफलता मिल्नेछ।
१. मोह या सुख शान्तिको अधीनमा नपर्नु।
२. शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु।
३. निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु।
४. तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु।
५. सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु।
६. अन्तस्करणमा समता राख्नु।
७. सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु।
८. सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु।
९. सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु।
१०. विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु।
११. यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु।
१२. शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु।
१३. संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु।
१४. सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु।
१५. एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु।
१६. जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु।
१७. जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु।
१८. भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु।