सीआईबीले भन्यो: सुनिल शर्माको आईएस्सीको सर्टिफिकेट नक्कली भएको आशंका छ - Chaitanya News
  • 2026-11-19
  • 01:30:02
  • बुधबार,मंसिर ०३, २०८३
  • सीआईबीले भन्यो: सुनिल शर्माको आईएस्सीको सर्टिफिकेट नक्कली भएको आशंका छ

    सीआईबीले भन्यो: सुनिल शर्माको आईएस्सीको सर्टिफिकेट नक्कली भएको आशंका छ

    काठमाडौं– प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ।

    मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ।

    सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन्। ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उनले भनिन्।