सांसद शर्मा पक्राउको पत्र लिएर सीआईबीका एसपी संसद् सचिवालयमा - Chaitanya News
  • 2026-11-19
  • 01:30:01
  • बुधबार,मंसिर ०३, २०८३
  • सांसद शर्मा पक्राउको पत्र लिएर सीआईबीका एसपी संसद् सचिवालयमा

    सांसद शर्मा पक्राउको पत्र लिएर सीआईबीका एसपी संसद् सचिवालयमा

    काठमाडौँ– सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ।

    सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवासबाट पक्राउ गरेको थियो।

    कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।

    नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा सांसद पक्राउबारे सभामुखलाई जानकारी गराउनु पर्ने व्यवस्था छ। ‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ संविधानको सो उपधारमा लेखिएको छ।