सेतो कोट समारोहमा औपचारिक पोशाकसहित उपस्थित हुन कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशन - Chaitanya News
  • 2026-11-18
  • 22:42:29
  • बुधबार,मंसिर ०३, २०८३
  • सेतो कोट समारोहमा औपचारिक पोशाकसहित उपस्थित हुन कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशन

    सेतो कोट समारोहमा औपचारिक पोशाकसहित उपस्थित हुन कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशन

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन निर्देशन दिएका छन्।

    पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा पोशाकसहित अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन्।

    मन्त्रीको ‘हनिमुन’ अवधि पूरा भएको उपलक्ष्यमा सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ। भोलि शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएको भन्दै अस्पतालहरूले परिपत्र गरेका छन्।