मिटरब्याजी आरोपमा एक महिला पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 22:16:05
  • बुधबार,मंसिर ०३, २०८३
  • मिटरब्याजी आरोपमा एक महिला पक्राउ

    मिटरब्याजी आरोपमा एक महिला पक्राउ

    जनकपुरधाम– सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन्।

    पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह छन्। उनलाई हिजो (बुधबार) साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए।

    ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो।
    साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।