ललिता निवास प्रकरण: पक्राउ परेका २० जनालाइ थप ७ दिन हिरासतमा राख्न अनुमति - Chaitanya News
  • 2026-11-18
  • 22:16:10
  • बुधबार,मंसिर ०३, २०८३
  • ललिता निवास प्रकरण: पक्राउ परेका २० जनालाइ थप ७ दिन हिरासतमा राख्न अनुमति

    ललिता निवास प्रकरण: पक्राउ परेका २० जनालाइ थप ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जनालाइ थप ७ दिन हिरासतमै राख्न अनुमति दिएको छ।

    जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो।

    बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

    यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन्।