नेपाल टेलिकमको हराएका रिचार्ज कार्डबाट पैसा नआउने - Chaitanya News
  • 2026-11-18
  • 21:38:46
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपाल टेलिकमको हराएका रिचार्ज कार्डबाट पैसा नआउने

    नेपाल टेलिकमको हराएका रिचार्ज कार्डबाट पैसा नआउने

    काठमाडौं– नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड हराएको रिचार्न कार्डमा पैसा नजाने भएको छ। करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ।

    रिचार्ज कार्ड टेलिकमको सिस्टममा इन्ट्री नभइसकेका कारण रिचार्ज गरेमा पैसा नजाने टेलिकमले जनाएको छ।

    हराएका रिचार्ज कार्डबाट ग्राहक ठगिन सक्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आशंका व्यक्त गरे।

    टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन ।

    यी रिचार्ज कार्डहरू क्यास कार्ड हुनका लागि अथवा यो रिचार्ज गर्दा फोनमा पैसा जान पहिले टेलिकमको सिस्टममा इन्ट्री हुनुपर्ने प्रवक्ता अधिकारीले बताए।

    क्यास कार्ड नभइसकेका कारण यी रिचार्ज कार्डबाट टपअप हुँदैन, अथवा फोनमा पैसा जाँदैन। त्यसैले भेट्टाउने कसैले खरिद–बिक्री गरेमा ग्राहकहरू ठगिन सक्छन्,” प्रवक्ता अधिकारीले बाह्रखरीसित भने।

    ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद गर्न नहुने उनले बताए।

    सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद–बिक्री नगर्न निर्देशनालयले ग्राहक तथा वितरकलाई आग्रह गरेको छ।

    यी सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह गरेको छ।