विषालु च्याउ खाँदा ६ जना गम्भीर बिरामी - Chaitanya News
  • 2026-05-03
  • 14:45:52
  • आइतबार,बैशाख २०, २०८३
  • विषालु च्याउ खाँदा ६ जना गम्भीर बिरामी

    विषालु च्याउ खाँदा ६ जना गम्भीर बिरामी

    काठमाडौं– मकवानपुरको राक्सिराङ गाउँपालिकामा वडा नम्बर २ मा जंगली च्याउ खाँदा ६ जना गम्भीर किरामी परेका छन्।

    जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए।

    च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको लामाले बताए । उनका अनुसार विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

    च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए।

    ‘आईसीयु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले रिफर गरेका छौं,’ कार्कीले भने

    राक्सिराङमा जंगली च्याउका कारण चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान गुमाउने, गम्भीर विरामी हुने समस्या भोग्दै आएका छन्।