यूकेमा रोजगारीका लागि ३९२ जना नर्सको आवेदन - Chaitanya News
  • 2026-05-03
  • 13:24:21
  • आइतबार,बैशाख २०, २०८३
  • यूकेमा रोजगारीका लागि ३९२ जना नर्सको आवेदन

    यूकेमा रोजगारीका लागि ३९२ जना नर्सको आवेदन

    काठमाडौँ– बेलायत यूके मा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन (एक्सेस) दिएका छन्। नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो।

    विभागका महानिर्देशक मदन दहालले आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको बताए। उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन्। तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको उनको भनाई छ।

    विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो। यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ। सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन्। त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद रहेको छ।

    बेलायतमा करिब १०० जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको हो। पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सहरू पठाउने र त्यो सफल भएको खण्डमा थप नर्सहरू पठाउने योजना दुवै सरकारको रहेको छ