रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु, १८ जना घाइते - Chaitanya News
  • 2026-11-18
  • 21:19:00
  • बुधबार,मंसिर ०३, २०८३
  • रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु, १८ जना घाइते

    रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु, १८ जना घाइते

    रोल्पा– रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

    रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना. ख. २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

    सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।

    यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए।