काठमाडौँ– मौसम खराबीका कारण आज (मङ्गलवार) पोखरामा हवाई उडानमा समस्या आएको छ। बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन्।
मङ्गलवार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ। जनकपुरमा समेत मङ्गलवार केही ढिला मात्र विमानस्थल खुलेको थियो। यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय उडान भने नियमित नै भइरहेको छ।