क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गर्न मन्त्री ज्वालाको निर्देशन - Chaitanya News
  • 2026-11-18
  • 21:18:50
  • बुधबार,मंसिर ०३, २०८३
  • क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गर्न मन्त्री ज्वालाको निर्देशन

    क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गर्न मन्त्री ज्वालाको निर्देशन

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन मातहतका निकायलाइ निर्देशन दिएका छन्।

    अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र पुनः निर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिएका हुन्।

    वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ। देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न मन्त्री ज्वालाले निर्देशन दिए। अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँ(ठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवत(जावत पूर्णरुपमा बन्द भएको छ।

    मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङ्तानको निधन भएको थियो । बाढी र पहिराका कारण क्षतिग्रस्तमध्ये अहिले चार राष्ट्रिय राजमार्ग ठप्प रहेका सडक विभागले जनाएको छ ।